Rule 43
अनुमतिपत्र रद्द हुने व्यवस्था
अनुमतिपत्र देहायको अवस्थामा रद्द हुनेछ ः-
(क) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र परित्याग गर्न निवेदन दिएमा ।
(ख) नियम ७ वा नियम १५ बमोजिम दिइएको अनुमतिपत्र निवेदक आफैले वा निजको प्रतिनिधिले तीस दिनभित्र बुझि नलिएमा ।
(ग) नियम ४२ बमोजिम नविकरण नगराएमा ।
(घ) सार्वजनिक हित वा राष्ट्रिय सुरक्षा वा वातावरणमा प्रतिकूल असर पर्न सक्ने कार्य गरेमा ।
(घ१) यस नियमावली बमोजिम तोकिएको रोयल्टी, शुल्क, दस्तुर, भूबहाल आदि यस नियमावलीमा तोकिएको समय भित्र तोकिएको निकायमा नबुझाएमा ।
(घ२) यस नियमावली बमोजिम विभागमा पेश गर्नु पर्ने विवरण, प्रतिवेदन, सूचना आदि यस नियमावलीमा तोकिएको समयभित्र पेश नगरेमा ।
(ङ) यस नियमावली बमोजिम तोकिएको शर्तहरुको पालना नगरेमा ।